१ कार्तिक २०८३, आइतबार

स्पेनिस ला लिगामा बार्सिलोनाको पुनरागमन जित

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ फागुन । बार्सिलोनाले स्पेनिस ला लिगामा इल्चेविरुद्ध २–१ अन्तरको पुनरागमन जित निकालेको छ ।

बार्सिलोनाका लागि बैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका फेरान टोरेस र मेम्फिस डिपाएले गोल गरेका हुन् ।

आइतबार राति घरेलु मैदानमा इल्चेका फिडेलले ४४औँ मिनेटमा गोल गरेपछि भ्रमणकारी टोली क्याटलान क्लब बार्सिलोना दबाबमा आएको थियो ।

तर, टोरेसले जोर्डी अल्बाको पास सदूपयोग गर्दै ६०औँ मिनेटमा खेल बराबरीमा ल्याए । डिपाएले पाएको पेनाल्टी सदुपयोग गर्दै खेल सकिन ६ मिनेट अघि विजयी गोल गरे ।

जितसँगै बार्सिलोना २६ खेलबाट ४८ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । पराजित इल्चे २७ खेलबाट २९ अंकसहित १४औं स्थानमा छ ।

आइतबार राति नै भएको अर्को खेलमा एट्लेटिको मड्रिडले रियल बेटिसलाई ३–१ अन्तरले पराजित गरेको छ ।