२ कार्तिक २०८३, सोमबार

पूर्वेली लोकलयको गीत ‘सुपारी सुटुक्कै’ सार्वजनिक, भिडियोमा विल्सन विक्रम र पेमा

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ फागुन । पूर्वेली लोक लयमा तयार पारिएको गीत ‘सुपारी सुटुक्कै’ नेपाल मिडियाको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

डीआर अटुको रचना रहेको सो गीतमा पुर्वेली लोक संस्कृति, किराँती जनजीवन(राई/लिम्बू)लाई चित्रणको परम्परागत लोक सभ्यतालाई देखाइएको छ । गीतमा प्रेमील मनका प्रेमका बोलीहरुलाई समेटिएको छ ।

द भ्वाइस अफ किड्सीकी फाइनलिष्ट पेमा दिछेन तामाङ र गायक संगाम शेर्मा को स्वरमा रहेको यो गीतमा संगीत चर्चित संगीतकार डीआर अटुले ले भरेका छन् । गीतको एरेन्जमा राजु कार्कीले सहयोग गरेका छन् । लिम्दुनी क्रियसन र कोरियन स्टुडियोमा रेकर्ड गरिएको यो गीतलाई निरु लाबती लिम्बुले लगानी गरेकी हुन ।

पुर्वेली लोकजीवन र रहनसहनलाई मायाप्रेमसँग फ्युजन गरेर उत्पादन गरिएको यो भिडियोलाई दिनेश माङबो निर्देशन गरेका छन् । गीतमा मुख्य अभिनय विल्सन विक्रम राई, पेमा दिछेन तामाङ, पुष्पाञ्जली तिलिङ मादेन, रुद्ध पाहिम, चन्द्र गोले तामाङ, प्रिया लिम्बुले पनि साथ दिएका छन् ।

यस गीत तथा भिडियोलाई सम्पादन अनिल रानाले गरेका छन् यसैगरी क्यामेरा बुद्ध थापाले घुमाएका छन् ।