
काठमाडौं, २३ फागुन । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाले आज सोमबार देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातबाहेक सामान्यतः मौसम सफा रहने बताएको छ ।
हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नभएका कारण देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया मौसम सफा रहने महाशाखाको भनाइ छ ।
महाशाखाका अनुसार दिउँसो पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको आँकलन छ ।
राति गण्डकी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
भोलि मंगलबार सुदूरपश्चिम, गण्डकी र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।















प्रतिक्रिया