
काठमाडौँ, २२ फागुन । प्रतिनिधिसभा बैठक आगामी एक हप्ताका लागि स्थगित गरिएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले फागुन २९ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकले ११ सदस्यीय महाअभियोग सिफारिस समिति गठन गरेको छ ।
आजको बैठक पनि प्रमुख प्रतिपक्षी नेकपा एमालेले आफ्नो विरोध जारी रोखेको थियो ।
यद्यपि विरोधकै बाबजुद सभामुख सापकोटाले बैठक अघि बढाएका थिए ।












प्रतिक्रिया