४ कार्तिक २०८३, बुधबार

धर्मशाला निर्माण गर्न पाल्पामा सप्ताह ज्ञानमहायज्ञ सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mahayagya 2

– सुशिल नेपाल
पाल्पा, ७ बैशाख । बद्रेश्वरी शिवालय धार्मिक महोत्सव एवं सप्ताह ज्ञानमहायज्ञ आजबाट पाल्पाको तानसेनमा शुरु भएको छ ।
बद्रेश्वर शिवालयधाम सन्यास आश्रम तानसेन पाल्पाले गरेको महायज्ञ १३ गतेसम्म चल्नेछ ।

मन्दिर परिसरमा सुविधासम्पन्न धर्मशाला निर्माण गर्न, मन्दिरको गजुर भागलाई आकर्षण बनाउन, गौशालालाई व्यबस्थित बनाउन र मन्दिर परिसरमा ठुला त्रिशुल एवं घण्टको व्यबस्था गर्ने उद्धेश्यले महायज्ञ शुरु गरिएको आयोजकले जनाएको छ ।

mahayagya 1महायज्ञमा अठार पुराणका बाचक बालव्यास नारायण न्यौपानेले संगीतमय कथाबाचन गर्नेछन । साथै चर्चित कलाकारहरको अभिनयद्धारा ज्ञानार्जन तथा मनोरञ्जन प्रदान गरिनेछ ।

महायज्ञको सुरु भएसंगै विभिन्न टोलविकास संस्था तथा संघसस्थाको ¥यालि निकालिएको छ । ¥याली बजारको विभिन्न भागको परिक्रमा गराइएको थियो ।