२९ आश्विन २०८३, बिहिबार

बलात्कारका आरोपी पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jhapaदमक, १६ जेठ । बलात्कारको अभियोगमा बिहीबार प्रहरीले झापाको तोपगाछीबाट दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तोपगाछी–७ का सुरज ढकाल र विशाल गिरी रहेका छन् । गत जेठ ४ गते तोपगाछीकी एक बालिकालाई सामूहिक रूपमा बलात्कार गरिएको उजुरीका आधारमा ती दुई युवालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रहरीले घटनाका अन्य फरार आरोपीलाई खोजी कार्य तीव्र पारेको छ । सो घटनामा संलग्न अन्य छजनाभन्दा बढी अझै फरार रहेका छन् ।

सो घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान अगाडि बढाएको प्रहरी निरीक्षक सन्तुलाल जयसवालले जानकारी दिनुभयो ।