
काठमाडौं, २१ फागुन । नेपाल एपीएफ क्लवको फुटबल टीमले एएफसी क्लव लाइसेन्स प्राप्त गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भूमा शुक्रबार अयोजित एक समारोहका बीच सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई अखिल नेपाल फुटवल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ्ग शेर्पाले यससम्बन्धी प्रमाणपत्र हस्तान्तरण गरेका छन् ।
नेपाल एपीएफ क्लवको फुटबल टीमले एएफसीले निर्धारण गरेको खेलकुद पूर्वाधार, कर्मचारी र प्रशासन, कानुनी एवम् वित्तीय आदि मापदण्दहरू पूरा गरी २०२१ अक्टोबर २० तारिखमा सो लाइसेन्स प्राप्त गरेको हो ।
२०६१ साल वैशाख ३१ गते स्थापना भएको नेपाल एपीएफ क्लव फुटबल, भलिबल, क्रिकेट लगायत २२ वटा खेल बिधामा सहभागी रहँदै आएको छ । तीन वटा राष्ट्रिय प्रतियोगिता सञ्चालन गरिरहेको क्लबले आन्तरिक प्रतियोगिताहरू समेत सञ्चालन गरिरहेको छ ।
सो अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले एन्फा अध्यक्ष शेर्पालाई सशस्त्र प्रहरी बल नेपालको तर्फबाट कदरपत्र प्रदान गरे ।
खनालले सशस्त्र प्रहरी बल नेपाल राष्ट्रको सुरक्षा, सीमा सुरक्षा, आम नागरिकको सेवा तथा आपत विपदमा परेकाहरुको उद्वार कार्यकासाथै कोभिड–१९ महामारी नियन्त्रण तथा उपचारमा समेत उकृष्ट कार्यसम्पानकासाथ राष्ट्रको भरोसायुक्त संगठनको रुपमा स्थापित रहँदै आम नागरिकको मन जित्न सफल रहेको बताए ।















प्रतिक्रिया