२ कार्तिक २०८३, सोमबार

टीका प्रसाईं र एमके निरौलाको ‘दोधारे मन किन’मा सुधिर–समीक्षाको रोमान्स

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ फागुन । गायक एवम् सङ्गीतकार एमके निरौलाको नयाँ गीत ‘दोधारे मन किन’ सार्वजनिक गरिएको छ ।

टीका प्रसाईं युट्युव च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतमा सङ्गीतकार स्वयम् एमके निरौलाको स्वर रहेको छ भने उनलाई चर्चित गायिका टीका प्रसाईंले साथ दिएकी छिन् ।

विशाल निरौलाको सङ्गीत संयोजन रहेको उक्त गीत अलंकार स्टुडियोमा रेकर्ड गरिएको हो । उत्तम श्रेष्ठ शिशिरको निर्देशन रहेको उक्त गीतमा कलाकार सुधिर श्रेष्ठ र समीक्षा पोख्रेलको दमादर नृत्य एवम् अभिनय देख्न सकिन्छ ।