१५ कार्तिक २०८३, आइतबार

नारायणकाजी श्रेष्ठद्वारा एमसीसीको चर्को आलोचना

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० फागुन । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोग परियोजना एमसीसीको चर्को आलोचना गरेका छन् ।

माओवादीले राष्ट्रघाती भनेको एमसीसी पारित गर्न भूमिका खेलेको भन्दै श्रेष्ठले कडा रुपमा विरोध गरेका हुन् ।

पार्टीको शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै आफूहरुले एमसीसीको विरोध गर्दा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी छोडे हुन्छ भन्ने अभिव्यक्तिको समेत श्रेष्ठले आलोचना गरेका छन् ।

त्यस्तै, उनले अध्यक्ष प्रचण्डसँगको सम्बन्ध कठिन अवस्थामा पुगेको पनि टिप्पणी गरे ।