
काठमाडौँ, २० फागुन । ललितपुरको ग्वार्को चोकमा स्कुटरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।
बिहीबार बेलुका पैदल हिँडिरहेकी ६ वर्षिया अनुष्का जैसवाललाई नम्बर नखुलेको स्कुटरले दिएको थियो ।
ललितपुर प्रहरीका अनुसार स्कुटरको ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको उपचारका क्रममा ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा मृत्यु भएको हो ।
रौतहट घर भएकी बालिकाको परिवार बालकुमारीमा बस्दै आएको थियो ।
फरार स्कुटर र चालकको प्रहरीले खोजी गरिरहेको छ ।












प्रतिक्रिया