
काठमाडौं, २० फागुन । दोलखाका युवा कलाकार अशिम कुमार कटुवालको प्रस्तुतिमा ‘राजासाप’ बोलको गीत सार्वजनिक भएको छ ।
बाध्यता र बिवसताको कारण परदेशिएका नेपालीमध्य एक नेपालीको मृत्युको खबर आफ्नो घर परिवार प्राप्तले गर्छन् र सबै आश मारेर बसेको अवस्थामा पुनः जीवित रहेको र घर फर्किने खबर प्राप्तले छाएको खुशी साथै फर्किसकेपछि आफ्नी प्रेमिकासँग गीत संगीतको माधुर्यताबाट अुशी बाँडेको कथा गीतमा समावेश गरिएको छ ।
गीतमा अशिम कुमार कटुवाल र देवी खड्काको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय सुरज बुढाथोकीले भरेका हुन् भने शब्द बिनोद ढकालको रहेको छ । पीडा पछिको खुशीमा सजिएको यस गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ । भिडियोमा महेन्द्र गौतम र अप्सरा कार्की लगायत कलाकारहरुको अभिनय देख्न सकिन्छ ।
‘राजासाप’ बोलको गीतको म्यूजिक भिडियोलाई निर्देशन खमेश श्रेष्ठ, कोरियोग्राफी आधुनिक राजले गरेका हुन् भने छायांकन प्रवेश पौडेल र सम्पादन ईश्वर जङ्ग खड्काले गरेका छन् । गीतको मिठासतालाई थप गर्न कोरस भोकलको रुपमा सन्तोस सुनाम, भुपेन्द्र पुलामी, बसन्ती लामा र संगीता राईको पनि कर्णप्रिय स्वर मिश्रन रहेको छ ।















प्रतिक्रिया