८ कार्तिक २०८३, आइतबार

विवेकशील वाग्मती प्रदेशका नेतासहित एक दर्जन कार्यकर्ता एमालेमा प्रवेश

826
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, २० फागुन । विवेकशील बाग्मती प्रदेशका सदस्य रमेश बस्नेतसहित विवेकशील साझा र राप्रपाका एक दर्जन नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नेकपा एमाले ललितपुरले आयोजना गरेको स्थानीय तहको निर्वाचनसम्बन्धी प्रशिक्षक प्रशिक्षण कार्यक्रममा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उनीहरूलाई पार्टी प्रवेश गराएका हुन् ।

कार्यक्रममा सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले पार्टीमा पद नपाउनेवित्तिकै पार्टी नराम्रो भन्नेहरु पार्टीका वास्तविक कार्यकर्ता हुन नसक्ने बताए । पद पाउँदा खुशी हुने र विभिन्न कारणले र पद नपाउँदा सामाजिक सञ्जालमा लामो कुरा राखेर पार्टीकै बदनाम गर्दै आफू अन्यतिर लाग्नेहरुप्रति नेतृत्व सजक हुनुपर्नेमा ज्ञवालीको जोड थियो ।

पद नपाएर पार्टी छोड्नेततर्फ इंगित गर्दै नेता ज्ञवालीले भने, ‘काम नलाग्ने भए त्यो पार्टीको अध्यक्ष वा अन्य पदमा दावी किन गरेको ? तपाई अध्यक्ष हुनेवित्तिकै लिट्मस पेपरजस्तो त हैन होला टक्कै छुट्निे । चुनावको समयमा यस्ता प्रवृत्ति अझ बढ्ने हुनाले यसप्रति चनाखो हुनुपर्छ ।’

कार्यक्रममा प्रस्तुतीकरण गर्दै नेकपा एमाले ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्यले जो जनप्रतिनिधि भए पनि चुनावमा जो उठे पनि पार्टीको निर्देशन मान्नु उनीहरूको कर्तब्य हुने बताए ।

आचार्यले अगाडि भने, ‘पार्टीसँग सल्लाह नगर्दा पार्टी चल्न सक्छ ? हामीले निर्माण गर्न खोजेको पार्टीका जनप्रतिनिधि त्यस्तै हुन् ? यो कदापी हैन । यो कुरामा सम्बन्धित पार्टी कमिटिले विशेष ध्यान पुर्याउनुपर्छ ।’

कार्यक्रममा नेकपा एमालेका पोलिटब्यूरो सदस्य सुशीला नेपाल, केन्द्रीय सदस्य हरिकृष्ण ब्यञ्जनकार, सांसद नवराज सिलवाल लगायतले सम्बोधन गरेका थिए ।

प्रशिक्षणमा आठौ जिल्ला अधिवेशनका आयोजक समिति, स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरु, जिल्लाका जनसंगठनका प्रमुखहरु तथा स्थानीय तहका पार्टी प्रमुखहरुको उपस्थिति थियो ।