१५ कार्तिक २०८३, आइतबार

एमसीसीविरोधी नेताहरु एकजुट हुने प्रयासमा

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ फागुन । एमसीसी विरोधी नेताहरु एकजुट हुने संकेत देखिएको छ ।

एमसीसीविरुद्ध मोर्चा नै खडा गरेको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेकपा एमालेका नेता भीम रावलसँग भेटवार्ता गरेका छन् ।

एमसीसीविरोधी नेताहरूलाई भेटने क्रममा बिहीबार प्रवक्ता खडगबहादुर विश्वकर्मा प्रकाण्डसहित चन्द एमाले नेता रावललाई निवासमै पुगेर भेटवार्ता गरेका हुन् ।

प्रवक्ता विश्वकर्माले नेता रावलसँग एमसीसी पारित भएपछिको राजनीतिक अवस्थाका बारेमा छलफल भएको बताएका छन् ।

विप्लवले यसअघि नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे र प्रेम सुवाललगायतलाई भेटेका छन् ।