
काठमाडौँ, १९ फागुन । मतदाता नामावलीमा भएको त्रुटि २६ फागुनसम्ममा सच्याउन सकिने भएको छ ।
निर्वाचन आयोगले त्रुटि सच्याउनलाई फागुन २६ गतेसम्म समय दिएको हो ।
आयोगले २० फागुनमा मतदाता नामावली सम्बन्धित पालिकाको वडा कार्यालय, जिल्ला निर्वाचन कार्यालय र निर्वाचन आयोगको वेवसाइटमार्फत सार्वजनिक गर्दैछ ।
नामावलीमा रहेका त्रुटि सच्याउन, झुटो विवरण दिई नाम समावेश गरेको भए विरोधमा उजुरी दिन, एक भन्दा बढी स्थानमा नाम समावेश भएको भए एक ठाउँको मात्र कायम गर्न र मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम हटाउन २६ फागुनसम्म निवेदन दिन सक्ने आयोगले जनाएको छ ।
यदि कोही मतदाताको नामावलीमाथि उजुरी परे प्रमाणसहित सफाइको मौका पनि दिइने आयोगले जनाएको छ ।
आयोगका अनुसार ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि अर्थमन्त्रालयले ८ अर्ब ११ करोड रुपैयाँ बजेटको स्रोत सुनिश्चित पनि गरेको छ ।
स्थानीय निर्वाचनका लागि आयोगमा ८० दल दर्ता भएको र ती दलको निवेदनमाथि जाँचबुझ भएको भन्दै आयोगले दलहरुको अन्तिम नामावली फागुन २६ मा प्रकाशन हुने पनि जानकारी आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
यस्तो छ आयोगको विज्ञप्ति:













प्रतिक्रिया