
सुर्खेत, १७ फागुन । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा अनिश्चितकालीन निषेधाज्ञा जारी भएको छ ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतले जारी कर्फ्यु आदेश हटाएर निषेधाज्ञा जारी गरेको हो ।
अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पारित गरेको विरोधमा प्रदर्शन चर्किएपछि प्रशासनले यस्तो आदेश गरेको हो ।
यसअघि सोमबार बेलुका सवा ८ बजेदेखि मंगलबार साँझ ७ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो ।
मंगलबार भने कर्फ्युलाई खुकुलो बनाएर निषेधाज्ञा जारी गरेको प्रशासनले जनाएको छ ।
सोमबार बढी प्रदर्शन भएको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो ।
यस्तो छ जिल्ला प्रशासनको आदेशः













प्रतिक्रिया