१५ कार्तिक २०८३, आइतबार

व्याख्यात्मक घोषणा नेपाली जनतालई झुक्याउने धन्दा हो : ओली

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसीको सन्दर्भमा पार्टीको धारणा सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा यसको सही राष्ट्रिय हितको पक्षमा, देश विकासको पक्षमा, हाम्रो सार्वभौमसत्ता र स्वाधिनतामा, स्वतन्त्रतामा अलिकति पनि कुनै प्रावधानले तलमाथि नपर्ने गरी कार्यान्वयन हुनुपर्छ भन्ने कुरा बताएका छन् ।

उनले थपे, यदि कुनै हिसाबले देशको सार्वभौमसत्ता, स्वाधीनता, स्वतन्त्रतामा वा हाम्रो राष्ट्रिय हितमा, राष्ट्रिय स्वाभिमानमा कहीँ पनि तलमाथि पार्न खोजियो भने नेकपा एमालेलाई त्यो मान्य हुँदैन ।

एमसीसीसँग पारित गरिएको व्याख्यात्मक घोषणालाई उनले लाज छोप्ने धरो भएको बताए। व्याख्यात्मक घोषणा नेपाली जनतालई झुक्याउने धन्दा हो, उनले भने।