१४ कार्तिक २०८३, शनिबार

जनता भन्छन्-‘यमराजको घर जाने पालो अब बाबुरामको’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam-Bhattaraiकाठमाडौं, ७ चैत । डाक्टर बाबुराम भट्टराई नेपाली राजनीतिमा प्रभावशाली नेता मानिन्छन् । उनलाई विद्धान नेता पनि भन्ने गरिन्छ । अहिले बाबुराम एकीकृत नेकपा माओवादीका वरिष्ठ नेताको पदमा छन् ।

नेपाली राजनीतिमा प्रभावशाली नेताको छवी बनाएका बाबुराम अहिले त्यो छवीलाई निरन्तरता दिने भन्दा पनि विगार्न लागिरहेका छन् । उनका पछिल्ला क्रियाकलापले जनतामा निरासा छाउन थालेको छ ।

केही दिन अगाडी बाबुरामले ३० दलीय मोर्चाको आमहड्तालमा गोली चल्यो भनेर भनेका थिए । तर, त्यहाँ गोली चलेको थिएन् । देशको प्रधानमन्त्री भइसकेका विद्धान व्यक्तिले यसो भन्दा बाबुरामको चर्काे आलोचना भयो ।

भर्खरै मात्र नेपाली राजनीतिका हस्ती सूर्यबहादुर थापाको निधनमा पनि बाबुरामको आलोचना भयो । बाबुराम सूर्यबहादुरकै निधनप्रति कटाक्ष गर्दै सामाजिक सञ्जाल ट्विटरमा ‘हप्तै पिच्छे भू पू र वर्तमान सभासदलाई आफुकहाँ बोलाएर यमराजले के सन्देश दिन खोजेका हुन् कुन्नि ? उनी पनि सहमतिकै पक्षमा छन् क्यारे ! होस गरौं है’ भनेर लेखेका छन् ।

baburam-tweet

देशको प्रधानमन्त्री भइसकेका वुद्धिजिवी व्यक्तित्वले यस्तो लेख्दा उनका शुभचिन्तक आम जनता निरास बनेका छन् । कतिले उनको चर्काे आलोचना गरेका छन् । सामाजिक सञ्जालमा उनलाई उनका शुभचिन्तकले कडा प्रतिक्रिया दिएका छन् ।

कतिले त ‘सूर्यबहादुर, रामनाथ यमराजको घर पुगिसके । अब बाबुरामको पालो’ भनेर प्रतिक्रिया जनाएका छन् । बाबुरामको शब्दमा प्रतिक्रिया जनाउने शुभचिन्तकहरुले लेखेका शब्दहरु जस्ताको तेस्तै यसप्रकार छन् ।

हजुरलाई नि जान मन लाग्या हो ?

– स्मृति

अब भुपु प्रम बर्तमान सभासद बाब्रामको पालो नआउला र ? सहमति गरेर संविधान नभए नेतालाई यमराजले यसरी टिकट दिन्छन रे नी !

– एक्लो मान्छे

सहकर्मी, सहयात्रीको मृत्युमा पनि दंग छौ । कहाँ पढ्यौ मान्छे मर्यो भने सहमती हुन्छ भनेर ?

– रोजी

तिम्रो चाही पहिला भिसा आउनु परने हो माथिबाट ।

– जिबन काडाँ कि फूल

हजुरको पालो पनि टाढा छैन जस्तो छ धेरैको लासमाथि चढ्नुभाछ केरे, संविधान नबनाई जानुहोला भन्ने पिर पर्याछ मलाई त ।

– बालै भएन

हेर्नुस, तपाईहरुको चर्तिकला देखेर भगवान पनि दिक्क भएछन, बेलैमा होस पुर्याउनुस, तपाईको पनि पालो आउदैछ ।

– जोकर

भूतपूर्व प्रम जस्तो मान्छेले यतिसम्म सस्तो मानसिकता बोकेर लाजकै पराकाष्ठा छुने शैलीमा लेखेछन् ।

– जोटारे दैब

ढुक्क हुनस् डा. साप यमराजले अलि नराम्रै भएपनि त्यसबाट अलिक गतिला गतिला छान्छ , सप्पै लादैन क्या !

– रविन्द्र लामिछाने

यमराज कहाँ पाहुना हुन जाने बेला भएकालाई संविधान बनाउन पठाइएको छ अनि ?

– सुजन पौडेल

मुर्ख बीग्रीए कालिदास, विद्वान वीग्रीए बाबुराम ! सक्कीगोनी !

– प्राजुन

आजकाल माओवादि सेलाको देख्दा एउटा उखान याद आयो ! ‘सेलाको मःम र सेलाको माओवादी दुइटै काम लाग्दैन, दुइटै गनाउँछन् !’

– संगम काफ्ले छवि

पूर्वप्रधानमन्त्री, बोर्डफस्ट अनि बढि अपेक्षा राखेको नेतावाट यस्तो ट्विट अपेक्षा गरिएको थिएन। यो तपाईले नै लेख्नु भा हो !!!

– शिव दाहाल