काठमाडौं, ७ वैशाख । संविधानसभामा प्रतिनिधित्व गर्ने प्रमुख तीन राजनीतिक दलको बैठक आज बस्दैछ ।
अहिले केही समयपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल हुने छ ।
नयाँ संविधानका अन्तर्वस्तुमा दलबीच देखिएको मतभेदलाई सहमतिमा रूपान्तरण गर्ने विषयमा केन्द्रित रहेर बैठकमा छलफल हुने बताइएको छ ।
छिटो भन्दा छिटो संविधान जारी गर्न सहमति भएका विषयलाई सहमतिकै आधारमा मस्यौदा लैजाउँ भन्ने पाटोबाट एमाओवादीसँग छलफल गर्ने सोच बनाएको नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए ।
प्रमुख राजनीतिक दलबीच खासगरी राज्य पुनःसंरचनामा जाँदा प्रदेशको सङ्ख्या, नामाङ्कन र सीमाङ्कनका विषयमा गम्भीर मतभेद रहँदै आएको छ ।
शासकिय स्वरूप, निर्वाचन प्रणाली र न्याय प्रणालीको विषयमा मसिनोसँग सहमति हुन सकेको छैन ।












प्रतिक्रिया