काठमाडौं, ७ वैशाख । अर्थमन्त्री डा रामशरण महतको निर्वाचन क्षेत्रमा पर्ने एक सडक आयोजनालाई आर्थिक वर्ष सकिन तीन महिना बाँकी छँदा अर्थ मन्त्रालयले चार करोड रुपैयाँ रकमान्तर गरी बजेट पठाएको छ।
नुवाकोट निर्वाचन क्षेत्र २ मा पर्ने साढे नौ किलोमिटर लामो आपरह/गड्खार/कुने सडकखण्डलाई भौतिक योजना मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले दुई साताअघि उक्त रकम रकमान्तर गरेको हो।
यो सडकखण्डलाई आर्थिक वर्ष २०७०/७१ मा एक करोड र ०७१/७२ एक करोड रुपैयाँ विनियोजन गरिएको थियो। चालू वर्षको बजेटमा छुट्ट्याएको रकमभन्दा तेब्बर बढी रकम यो सडकका लागि रकमान्तर गरिएको अन्नपूर्ण पोष्टले छापेको छ ।
अर्थ मन्त्रालय बजेट महाशाखा प्रमुख बैकुण्ठ अर्यालले भौतिक योजना मन्त्रालयको प्रस्तावमा अर्थमन्त्रीको क्षेत्रमा पर्ने सडकलाई बजेट रकमान्तर गरिएको बताए।















प्रतिक्रिया