२ कार्तिक २०८३, सोमबार

आईएनजीओबाट डलर खानेहरूले सुदूरपश्चिम टुक्र्याउन चाहे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ वैशाख । राज्य पुनर्संरचना गर्दा सुदूरपश्चिमका कैलाली र कञ्चनपुर जिल्लालाई पहाडी प्रदेशसँग मिलाउने कि तराई प्रदेशसँग मिलाउने भन्ने विषयमा विवाद भइरहेका बेला यस क्षेत्रबाट केन्द्रीय राजनीतिमा दखल राख्ने नेताहरूले सुदूरपश्चिमाञ्चललाई टुक्र्याउन नहुने र केन्द्र शासित पनि राख्न नहुने बताएका छन्।

परापूर्वकालदेखि, सुदूरपश्चिम खसऔआर्यको थातथलो हो, खस/आर्य पनि यस क्षेत्रका आदिवासी हुन्।

उनीहरूलाई पनि पहिचानसहितको संघीयता चाहिन्छु, एमाओवादी पोलिटब्युरो सदस्य लेखराज भट्टले भने, अझै संघीयता र पहिचानका बारेमा घनीभूत बहस हुन सकेको छैन।

उनको विचारमा आईएनजीओबाट डलर खानेहरूले सुदूरपश्चिम टुक्र्याउन चाहेका छन्।

डोटीबाट कांग्रेस सभासद् बनेका वीरबहादुर बलायर पनि सुदूरपश्चिमका नौ जिल्लालाई एक इन्च पनि तलमाथि पार्ने गरी संघीयतामा गए त्यो आफ्नो पार्टीलाई मान्य नहुने बताउँछन्।