
काठमाडौँ, १६ फागुन । प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसीलगायतका विषयमा पार्टीको धारणा सार्वजनिक गर्ने भएका छन् । आइतबार बसेको संसद् बैठकले एमसीसी अनुमोदन गरेपछि ओलीले पार्टीको धारणा सार्वजनिक गर्न लागेका हुन् ।
एमाले केन्द्रीय कार्यालय सचिव डा। भीष्म अधिकारीकाअनुसार ओलीले प्रेस वक्तव्यमार्फत धारणा सार्वजनिक गर्न लागेका हुन् ।
एमसीसी संसद्बाट अनुमोदन भएको बेला एमाले सांसदहरूले भने साउन २३ यताको आफ्नो नाराबाजीलाई कायमै राखेका थिए । यसपछि एमालेलाई आफ्नो आधिकारिक धारणा छुट्टै रूपमा सार्वजनिक गर्नपरेको हो । ‘विषयहरूबारे जनतालाई सुस्पष्ट पार्नका लागि एमालेले आज आधिकारिक धारणा सार्वजनिक गर्न लागेको हो ।












प्रतिक्रिया