१५ कार्तिक २०८३, आइतबार

बानेश्वरको सडकमा देखियो शंकास्पद कुकर

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ फागुन । बानेश्वरको मूल सडकमा शंकास्पद रुपमा छाडिएको एउटा कुकर फेला परेको छ । संसद् भवन नजिकैको घुम्तीमा शंकास्पद कुकर भेटिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले वरिपरि सिल गरेर निष्क्रिय पार्ने तयारी गरिरहेको छ ।

एमसीसी अनुमोदनको विरोधमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा लगायतका ६ कम्युनिस्ट घटकले सोमबार नेपाल बन्दको आव्हन गरेका छन् ।त्यही क्रममा केहीबेर अगाडि मोटरसाइकलमा आएका व्यक्तिले बानेश्वरको व्यस्त सडकमा शंकास्पद प्रेसर कुकर राखेर फरार भएको प्रहरी स्रोतले बताएको छ ।

सीसीटिभी फुटेजका आधारमा उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । शंकास्पद कुकर बम नै हो कि त्रास फैलाउन राखिएको हो भन्नेबारे प्रहरीले अनुसन्धान गर्दैछ ।