६ कार्तिक २०८३, शुक्रबार

कामना सेवा विकास बैंकद्वारा थप तीन स्थानमा शाखारहित बैंकिङ सेवा सञ्चालन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ फागुन । कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुरयाउने उद्देश्यका साथ थप ३ स्थानमा मोबाइल एप मार्फत शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ ।

बैंकले सेवा विस्तार गर्ने क्रममा मिति २०७८ साल फागुन १५ गतेबाट रुपन्देही जिल्लाको देवदह नपा-८, अर्घाखाँची जिल्लाको सितगंगा-२, सितापुर र लमजुङ जिल्लाको मध्यनेपाल-७ रामबजारमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

देवदह न.पा. मा देवदह मोबाइल एण्ड कम्प्युटर (प्रो. घनश्याम के.सी.), सितगंगा न.पा.मा सचिन मोबाइल सेन्टर (प्रो. सचिन बोहोरा) र मध्यनेपाल न.पा मा इशानेश्वर इलेक्टोनिक्स, (प्रो. निर्दोश घिमिरे) लाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ ।

देवदह रुपन्देहीमा बैंकका सञ्चालक भिम प्रसाद तुलाचन, र देवदह-८ का वडा अध्यक्ष्य डण्डपानी भट्टराई, मध्यनेपाल, लमजुङमा बैंकका सञ्चालक चतुराखर अधिकारी तथा अर्घाखांची जिल्लाको सितगंगा–२ सितापुरमा सितगंगा न.पा. वडा नंं. २ का वडा अध्यक्ष्य गोबर्धन थापाले उक्त शाखा रहित बैंकिङ्ग सेवाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेको बैंकले जनाएको छ ।

बैंकका अनुसार शाखारहित बैंकिङ मार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।