५ कार्तिक २०८३, बिहिबार

युक्रेनको तेस्रो ठूलो शहरमा रुसी सेना छिर्न सकेन

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

युक्रेनको तेस्रो सबैभन्दा ठूलो शहर ओडेसामा रुसी सेनाले त्यहाँ राती प्रवेश गर्ने कोसिस गरेता पनि युक्रेनी सैनिकले उनीहरुलाई फिर्ता जान बाध्य पारेको त्यहाँका स्थानीयले बताएका छन् ।

युक्रेन एनालिटिकाकी सम्पादक हना शेलेस्टले बीबीसीसँगको कुराकानीमा सिटी सेन्टरमा शान्ति यथावत् भएपनि बाहिरी इलाकामा बमबारीको आवाज सुनिएको बताइन् ।

उनले भनिन्, ‘यदि तपाईं युक्रेनका दोस्रो हिस्सासँग तुलना गर्नुहुन्छ भने दक्षिणमा हालसम्म थोरै शान्ति छ । यहाँ राती रुसी सेनाले ल्यान्ड गर्ने कोसिस गरे तर हाम्रो नेवी उनीहरुमाथि जाइलागे । बाहिरी इलाकामा बिस्फोट भएका छन् ।’ –एजेन्सी