४ कार्तिक २०८३, बुधबार

आफ्नै साथीलाई डिनरमा बोलाएर हत्या गर्ने अभियुक्त राजेन्द्र पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

arrestedकाठमाडौँ, ६ वैशाख । ज्यान मारेर फरार रहेका पर्सा ठोरी–७ गितानगर घर भएका २९ वर्षीय राजेन्द्र भन्ने भेषबहादुर पाण्डेलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ ।

पाण्डे समेतका तीन जनाले गत मङ्सिर १७ गते काठमाडौँ गङ्गाहिटी बस्ने १९ वर्षीय आयुष गोर्खालीलाई गङ्गाहिटी नापी कार्यालय अगाडि डिनरमा बोलाएर सहायक गल्लीमा कोठाको फल्याक् तथा ढुङ्गाले टाउकोमा प्रहार गरी घाइते बनाएकामा उपचारकै क्रममा शिक्षण अस्पताल महाराजगन्जमा पुस ४ गते गोर्खालीको मृत्यु भएको थियो ।

घटनापछि फरार रहेका अभियुक्त पाण्डेलाई प्रहरीले शनिबार काभ्रे दोलालघाटबाट पक्राउ गरी आवश्यक कानुनी कारबाहीको लागि आइतबार महानगरीय प्रहरी वृत्त गौशालामा पठाएको छ । किन मारियो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।