५ कार्तिक २०८३, बिहिबार

युक्रेनका राष्ट्रपतिद्धारा युरोपियन युनियनको सदस्ता माग

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

किभ, १५ फागुन । युक्रेनका राष्ट्रपति भालोदिमिर जेलिन्स्किले युक्रेनलाई युरोपियन युनियनको सदस्यताको माग गर्नुभएको छ ।

उहाँले सामाजिक सञ्जाल ट्वीटरमा सो आग्रह गर्नुभएको हो । उहाँले ट्वीटमा भन्नुभएको छ– अहिले नै सबै कुराको छलफल गर्न सम्भव छैन, हामी निकै अप्ठेरो अवस्थामा छौँ । त्यसैले हामीलाई युरोपियन युनियनको सदस्यता दिइयोस् ।

हाल युक्रेनमाथि रुसले हमला गरिरहेको छ । त्यसैले यतिखेर युक्रेन निकै अप्ठेरो अवस्थामा परेको छ ।–रासस