
काठमाडौं, १५ फागुन । डुसान भ्लाहोभिचको दुई गोलमा युभेन्ट्सले इटालियन सिरी ‘ए’ मा रोमाञ्चक जित निकालेको छ ।
युभेन्ट्सले घरेलु टोली इम्पोलीलाई ३–२ ले पराजित गरेको हो । युभेन्ट्सको जितमा डुसान भ्लाहोभिचले दुई गोल गर्दा मोइस किनले एक गोल थपे । इम्पोलीमा शनिबार राति भएको खेलमा घरेलु टोलीका जाइमन जुर्कोवस्की र एन्ड्रिया ला मान्टियाले गोल गरे पनि टोलीको हार टार्न सकेन ।
यो जितसँगै युभेन्ट्सले तेस्रो स्थानको नेपोलीसँग अंक दुरी छोट्याउँदै शीर्ष चारमा यथावत रहेको छ । युभेन्ट्सको २७ खेलबाट ५० अंक पुगेको छ । पराजित इम्पोली ३१ अंक जोडेर १३औं स्थानमा रहेको छ ।















प्रतिक्रिया