४ कार्तिक २०८३, बुधबार

रकम लुटिएको नाटक गर्ने प्रहरी फन्दामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-policeवीरेन्द्रनगर, ६ वैशाख । पन्ध्र लाख रुपैयाँ लुटिएको नाटक गर्ने एक युवक प्रहरीको भन्दामा परेका छन् । पश्चिम सुर्खेतको बाबियाचौरका हरिचन्द्र बोहराले बाटोमा हिँड्दै गर्दा आफूसँग भएको रु १५ लाख लुटिएको भन्दै नाटक गरेपछि प्रहरीको फन्दामा परेका हुन् ।

यही वैशाख ३ गते साल्कोटको खम्बागाडे भन्ने स्थानमा मोटरसाइकलमा तीन/चार जनाको अज्ञात समूहले आफूलाई रोकी रकम लुटेर भागेको भन्दै प्रहरीलाई खबर गरेपछि अनुसन्धान थालेको प्रहरीले नाटक गरेको पुष्टि भएपछि निजलाई पक्राउ गरेको हो ।

आफ्ना दाजुलाई रु एक लाख ५० हजार दिनुपर्ने भएकाले रकम लुटिएको नाटक गरेको प्रकाउ परेका बोहराले स्वीकारेकाले जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

आइतबार पत्रकार सम्मेलन गरी प्रहरी उपरीक्षक राजेशकुमार लालकर्णले प्रहरीलाई झुक्काई दुःख दिएकोले सार्वजनिक मुद्दा चलाई कारबाही प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो ।