१ कार्तिक २०८३, आइतबार

प्रधानसेनापति खुला म्याराथनको उपाधि बस्नेतलाई

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ फागुन । प्रधानसेनापति खुला म्याराथन’ प्रतियोगिताको उपाधि कृष्णबहादुर बस्नेतले जितेका छन् । सैनिक मुख्यालय जङ्गीअड्डा परिसरको खेलमैदानबाट सुरु भएको ४२.१९५ किलोमिटर दौड आर्मीकै बस्नेतले २ घण्टा १९ मिनेट ५७ सेकेण्डामा पुरा गर्दै उपाधि जिते । उनले नगद ३ लाख रुपैयाँ पुरस्कार पाएका छन् ।

शनिबार विहान सैनिक मुख्यालय जङ्गीअड्डा परिसरको खेलमैदानबाट प्रारम्भ भएको म्याराथनसहित विभिन्न चार विधाका दौड प्रतियोगिताको प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गरेका थिए ।

सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रद्वारा आयोजित प्रतियोगितामा म्याराथन, हाफ म्याराथन, १० किमी दौड र पाँच किमी दूरीको वाकाथन सुरु भएको थियो । सैनिक–नागरिक सम्बन्ध विस्तार गर्ने उद्देश्य रहेको प्रतियोगिताको नारा ‘मनोरञ्जनका लागि खेल’ भन्ने छ ।