२९ आश्विन २०८३, बिहिबार

फाप्लु विमानस्थलमा कालोपत्रेको काम सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

fafluसोलुखुम्बु, १६ जेठ । जिल्लाको सदरमुकाममा रहेको फाप्लु विमानस्थलमा कालोपत्रेको काम सुरु गरिएको छ ।

विमानस्थल कालोपत्रेका लागि आधारभूत काम सम्पन्न गरेर गत मङ्गलबारबाट कालोपत्रेको काम सुरु गरिएको हो । अहिलेसम्म करिब ५० मिटर धावनमार्गको कालोपत्रे भइसकेको इन्जिनियर रत्नबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले कालोपत्रेको काम तीव्र रूपमा भइरहेको छ । यदि मौसमले साथ दिने हो भने असारको अन्तिम हप्तासम्मका विमानस्थल स्तरोन्नतिको सबै काम पूरा हुने छ ।

विमानस्थल निर्माणका ठेकेदार बालगोपाल कँडेल आवश्यक सम्पूर्ण कार्य पूरा गरी धावनमार्ग कालोपत्रेको काम सुरु गरिएकाले अब काम निरन्तर हुने बताउनुहुन्छ ।

विसं २०६९ को असोज १५ गते सम्झौता भई विसं ०७० को पुस मसान्तसम्ममा  कालोपत्रेको काम सम्पन्न गरी सञ्चालन गर्नुपर्ने उक्त योजना तोकिएको समयमा निर्माण सम्पन्न नभएपछि आगामी असार २५ गतेसम्मका लागि समय थप गरिएको छ ।

विमानस्थल कालोपत्रेको काम करिब रु सात करोडको लागतमा भइरहेको छ ।