काठमाडौं, ६ वैशाख । लामो दुरीका अल्ट्रा म्याराथुन धावक एवम कृतिमानी विश्व पर्वतारोही संजय पण्डितले दक्षिण अमेरिकाको उच्च शिखर माउण्ट ऐकोनकागुवाको ढुङ्गा युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेललाई आज हस्तान्तरण गरेका छन् ।
उनको कृर्तिमानी आरोहणको कदर गदै उक्त ढुङ्गालाई खेलकुद स्थित ओलम्पिक संग्राहलयमा सुरक्षित साथ राखिने र उक्त ढुङ्गो सदैव इतिहास झल्काउने मन्त्री पौडेलले बताउनुभयो । संजयले आफ्ना ज्यानको पर्वाह नगरी देश तथा खेलकुदको झण्डा फरफराएको मा आफू अत्यन्त हर्षित भएको खेलकुद मन्त्री पौडेलको भनाई छ ।
उनलाई नेपाल सरकार तथा खेलकुद मन्त्रालयले दक्षिण अमेरीका हिमाल आरोहण खर्च स्वरुप सात लाख रुपैयाँ दिएको थियो । पण्डित राष्ट्रिय युवा प्रतिभा पुरस्कार २०१४ बाट समेत सम्मानित भएका थिए । उनले पाँच महादेशका सर्वोच्च शिखरहरुको सफल आरोहण गरिसकेका छन् ।















प्रतिक्रिया