१ कार्तिक २०८३, आइतबार

ए डिभिजन लिग : ब्रिगेडसँग बराबरीमा रोकियो थ्रीस्टार

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ फागुन । सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत शुक्रबार भएको आफ्नो अन्तिम खेलमा थ्रीस्टारले रेलिगेसनमा परिसकेको ब्रिगेड ब्वाइज क्लबसँग १–१ को बराबरी खेलेको छ । सादोबाटोस्थित एन्फा कम्प्लेक्समा एक गोलले पछि परेको अवस्थालाई उल्टाउँदै थ्रीस्टार ब्रिगेडबाट अंक खोस्न सफल भएको हो ।

खेलको ५६ औं मिनेटमा प्रशान्त तामाङले गोल गर्दै ब्रिगेडलाई सुरुवाती अग्रता दिलाए । यो नितजासँगै थ्रीस्टारले १३ खेलमा १९ अंकका साथ छैटौं तथा ब्रिगेडले समान खेलमा ७ अंकका जोड्दै १३ औं स्थानमा रहेर लिगको अन्त्य गरेका छन् ।

त्रिपुरेश्वस्थित दशरथ रंगशालामा संकटा क्लब र जावलाखेल युथ क्लबले १–१ को बराबरी खेलेका छन् । जावलाखेलका लागि सुनिल खड्का र संकटाका लागि उत्तम राईले गोल गरे । यो नतिजासँगै समान १३ खेलबाट संकटाले १६ तथा जावलाखेलले १४ अंक जोडेर सिजनको अन्त्य गरेका छन् ।