
युक्रेनमा रुसको हमला भएको शुक्रबार लगातार दोस्रो दिन हो । राजधानी किभ बिहान ७ ठूला हमलाबाट आक्रान्त भएको थियो । आक्रमणपछि मानिसहरु रातभर घर, सबवे र अन्डरग्राउन्ड सेल्टरमा लुकेका थिए । राजधानी किभमा खानपिनदेखि दैनिक अत्यावश्यक बस्तुको कमी हुन थालेको छ ।
युक्रेनको रक्षा मन्त्रालयले आफ्ना नागरिकलाई रुसी सेनाका उपकरणको क्रियाकलापबारे जानकारी दिइराख्न आग्रह गरेका छन् । यसका साथै उनीहरुमाथि पेट्रोल बम फ्याँक्न पनि आदेश दिएका छन् ।
युक्रेनी राष्ट्रपतिले रुसी नागरिकलाई युद्ध विरुद्ध प्रदर्शन गर्न अपिल गरेः
युक्रेनी राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले रुसी सेना राजधानीमा प्रवेश गरेको बताएका छन् । उनका अनुसार रुसी ट्यांक राजधानीभन्दा ३२ किलोमिटर मात्रै टाढा भएको पनि बताएका छन् । उनीहरुलाई रोक्नका लागि युक्रेनी सेनाले तीनवटा पुल उडाइदिएका छन् । उनले रुसी नागरिकसँग यो युद्ध विरुद्ध प्रदर्शन गर्न अपिलसमेत गरेका छन् ।-एजेन्सी















प्रतिक्रिया