
काठमाडौँ, १३ फागुन । यूकेका रक्षामन्त्रीले आक्रमणको पहिलो दिन रुसले युक्रेनमा आफ्नो कुनै पनि लक्ष्य हासिल गर्न नसकेको ब्रिटिश गुप्तचर निकायहरूको आकलनबाट देखिएको बताएका छन् ।
“युक्रेनले प्रतिकार गरेका कारण रुस विफल भएको छ,” रेडिओ फोरसँग कुरा गर्दै बेन वोलिसले भने ।
युक्रेनले घातक अस्त्रहरू सहयोगमा पाएर प्रतिकार गरेको कारण रुस विफल भएको उनले उल्लेख गरे ।
“रुसी सशस्त्र फौजले करिब ४५० जना सदस्य गुमाएको छ। किएभदेखि केही पर उत्तरमा रहेको विमानस्थल कब्जामा लिन पनि उसको विशेष फौज विफल भएको छ ।” बीबीसी















प्रतिक्रिया