२९ आश्विन २०८३, बिहिबार

सरकारी कर्मचारीले एक महिनाको तलब बाटोको लागि छुट्टयाउनु पर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

surketसुर्खेत,१६ जेठ । जिल्लाको सुदूर पश्चिममा पर्ने लगाम–५ धनरासका स्थानीयवासी आफै  बाटो निर्माणको अभियानमा जुटेका छन् ।

गुटु गाविस हुदै  अक्षामको बेनिघाट जोड्ने सडकखण्डअन्तर्गत लगाम बेनिघाटखण्डको धनराससम्म पर्ने सडकखण्डको निर्माणका लागि सक्रिय भएका उनीहरूले स्थानीय शिक्षक तथा कर्मचारीले एक–एक महिनाको तलब सडक निर्माणका लागि छुट्याउनुपर्ने निर्णयसमेत गराएका छन् ।

बाटो निर्माणलाई पूर्णता दिन आर्र्थिक सङ्कलन तथा श्रमदान गर्ने निर्णय गरेको उपभोक्ता समितिले  उपभोक्ताहरूबाट न्यूनतम रु दुई हजार ५०० देखि रु एक हजार ७०० सम्म आर्थिक सङ्कलन गर्ने निर्र्णय गरिएको समितिका अध्यक्ष भीमबहादर तिरुवाले जानकारी दिनुभयो ।

उपभोक्ताहरूको आर्थिकस्तरलाई दृष्टिगत गर्दै आफूहरूले गरेको निर्णय सबैले स्वीकार गरेको अध्यक्ष तिरुवाले बताउनुभयो ।

यसअघि उक्त सडक निर्माणका लागि गाविसले उपलब्ध गराएको रु दुई लाखले एक किलोमिटर बाटो मात्रै निर्माण भएपछि बाटो निर्माणको काम अवरुद्ध भएको थियो । अवरुद्ध अवस्थामा रहेको बाटोलाई पूर्णता दिई सञ्चालनमा ल्याउन लागिएको समितिका सचिव कृष्णप्रसाद गौतमले जानकारी दिनुभयो ।

लगामदेखि धनराससम्म रहेको करिब चार किलोमिटर लामो बाटोलाई चार मिटर चौडा बनाइने छ । बाटो निर्माणकार्य पूरा भएपछि त्यहाँका करिब ४५० घरधुरी लाभान्वित हुनेछन् ।