२८ आश्विन २०८३, बुधबार

पत्रकार महासंघको विधान संशोधन पक्का

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

FNJ

काठमाडौं । नेपाल पत्रकार महासंघको वर्तमान विधान संशोधन हुने भएको छ ।

महासंघका पूर्वअध्यक्ष एवं सल्लाहकार झर्मेन्द्र झाको संयोजकत्वमा गठित कार्यदलको सुझाव अनुसार विधान संशोधनमा सहमति जुटेको हो । २४ औं महाधिवेशनबाट उपाध्यक्ष दुई हुने भएको छ । जसमा एक खुल्ला र अर्का समावेशीबाट उपाध्यक्ष चयन गरिने भएको छ । यसैगरी, सचिव पनि चार जना हुने भएका छन् । सचिव खुल्ला, महिला, समावेशीमा सहमति जुटिसकेको छ भने एसोशियट सचिव राख्ने कि नराख्ने भन्ने विषयमा छलफल जारी छ । एक वरिष्ठ उपाध्यक्ष र एक खुल्ला सचिव थप्ने विषयमा पनि छलफल चलिरहेको छ ।

यसैगरी, खुल्ला तर्फ सात जना केन्द्रीय सदस्य राखिने भएको छ । पाँच जना खुल्ला तथा बाँकी अपांगता भएकाबाट एक र अल्पसंख्यक समुदायबाट एकजना चयन गरिने महासंघका अध्यक्ष शिव गाउँलेले जानकारी दिनुभयो ।

यसैगरी, संयोजकसहित तीन सदस्य रहने गरी शक्तिशाली लेखा आयोग समेत बनाइने सहमति जुटेको छ ।