२ कार्तिक २०८३, सोमबार

केपी शर्मा ओलीका दृष्टान्त, भनाइ र विचारको सङ्ग्रह ‘समवेत दृष्टि’ सार्वजनिक

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ फागुन । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको ७१औं जन्मोत्सवको अवसरमा उनका दृष्टान्त, भनाइ र विचार समेटिएको पुस्तक ‘समवेत दृष्टि’ सार्वजनिक गरिएको छ ।

बुधबार भक्तपुरमा आयोजित एक भव्य समारोहमा ओली, उनका पिता मोहनप्रसाद ओली र पत्नी राधिका शाक्यद्वारा संयुक्त रूपमा पुस्तक लोकार्पण गरिएको हो ।

संजय खड्का र लोग्शरी कुँवरद्वारा संकलक तथा सम्पादन गरिएको उक्त पुस्तक ओलीले विभिन्न कालखण्डमा व्यक्त गरेका विचार तथा मन्तव्यहरूको सारग्राही सङ्ग्रह हो ।

सङ्ग्रह मूलतः छ खण्डमा वर्गीकरण गरिएको छ । पहिलो खण्डमा ओलीद्वारा रचित कविता तथा गीत छन् । दोस्रो खण्डमा उहाँका सूक्तिहरूको एकत्रीकरण हो जसलाई ‘भनाइ’ भन्ने शीर्षक दिइएको छ ।

तेस्रो र चौथो खण्डमा उनले आफ्ना भाषणमा प्रयोग गर्नुभएका ‘दृष्टान्त’ र ‘कथा’ छन् । पाँचौँ खण्डमा ‘मेरो आकाङ्क्षा ः समृद्ध नेपाल, सुखी नेपाली’ रहेको छ । विभिन्न विषयवस्तुमा उनका भावना, दृष्टिकोण र चिन्तनलाई छैटौँ खण्ड ‘विचार’मा समेटिएको छ ।

पुस्तकमा अभिव्यक्त विचार तथा दृष्टान्त कुन सन्दर्भमा, कुन अर्थमा कहिले बोलिएको हो भन्ने कुरा पाठक वर्गलाई बुझ्न सजिलो होस् भन्ने हेतुले पुस्तकको अन्तिममा पाद–टिप्पणी राखिएको छ ।

पुस्तक लोकार्पण कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङ, पूर्वराजदूत डा. निलाम्बर आचार्य र साहित्यकार स्नेह सायमीले पुस्तकबारे समीक्षा गरेका थिए ।