३ कार्तिक २०८३, मंगलबार

युक्रेनका १८ देखि ६० वर्षका पुरुषले देश छाड्न नपाउने, यस्तो छ कारण

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

युक्रेन, १३ फागुन । युक्रेनले आफना देशका १८ देखि ६० वर्ष उमेरका पुरुषहरुलाई देश छाड्न प्रतिबन्ध लगाएको छ ।

यूक्रेन सीमा रक्षक सेवाले जनाएअनुसार सबै १८ देखि ६० वर्षका पुरुषहरुलाई देश छाड्न प्रतिबन्ध लगाइएको हो ।

युक्रनेको आन्तरिक मामिलासम्बन्धी मन्त्रालयले सबै युक्रेनीहरूले हतियार उठाएर देशको रक्षा गर्ने बेला आएको जनाएको छ । यो सैनिक कानुन लागू हुञ्जेल रहने बताइएको छ ।

बिहीबार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि सैनिक आक्रमण सुरु गरेपछि सैनिक कानुन लगाइएको हो । युक्रेनमा हालसम्म १३७ जनाले ज्यान गुमाइसकेका छन् ।

यसैबीच जगेडामा राखिएका सेनालाई काममा बोलाइएको छ । एउटा भिडिओ सन्देशमा राष्ट्रपति जेलेन्सकीले रुसी आक्रमणको पहिलो दिन १३७ युक्रेनीहरूले ज्यान गुमाएको जानकारी दिएका छन् ।

त्यस्तै आक्रमणको पहिलो दिन हजारौँ युक्रेनी नागरिकले घर छाडेर सुरक्षित स्थानमा पुगेका छन् ।

रात्रिकालीन कर्फ्यु लगाइएको राजधानी किएभमा कैयौँ सर्वसाधारणहरू मेट्रो स्टेसनमा पुगेका छन् जसलाई बम हमलाबाट जोगिने आश्रय स्थलका रूपमा प्रयोग गर्नका लागि खुला राखिएको छ । बीबीसी