३ कार्तिक २०८३, मंगलबार

युक्रेनद्वारा रुससँग कूटनीतिक सम्बन्ध विच्छेद

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ फागुन । युक्रेनले रुससँग कूटनीतिक सम्बन्ध औपचारिक रूपमा तोडेको युक्रेनी राष्ट्रपतिले बताएका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले एउटा प्रेस ब्रिफिङमा बोल्दै सम्बन्ध तोडिएको घोषणा गरेका हुन् ।

फरक प्रसङ्गमा राष्ट्रपति जेलेन्स्कीले देशभित्र हतियार माग्ने जो कोहीलाई उपलब्ध गराइने बताएका छन् ।

युक्रेनमा रुसले गरेको हमलाको अन्तर्राष्ट्रिय समुदायबाट कडा आलोचना एवं निन्दा भइरहेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी कदमका लागि विश्वले रुसलाई “उत्तरदायी बनाउने” बताएका छन् ।

ब्रिटिश प्रधानमन्त्री बोरिस जोन्सनले पुटिनले “रक्तपात र विध्वंसको बाटो रोजेको” प्रतिक्रिया दिएका छन् ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले लडाइँ रोक्न राष्ट्रपति पुटिनलाई आग्रह गरेका छन् । –बीबीसी