३ कार्तिक २०८३, मंगलबार

‘रुसी आक्रमणबाट ४० भन्दा बढी युक्रेनी सैनिकको मृत्यु’

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ फागुन । रुसी आक्रमणबाट अहिलेसम्म आफ्ना ४० जनाभन्दा बढी सैनिक मारिएको युक्रेनी राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

यद्यपि यसको स्वतन्त्र पुष्टि हुन बाँकी छ ।

बीबीसी संवाददाताहरूका अनुसार राजधानी किएभसहित युक्रेनमा मुख्य शहरहरूमा विस्फोटहरू भएको सुनिएको छ ।

किएभका थुप्रै बासिन्दाहरू शहर छोडेर भागिरहेका विवरण आएका छन् ।

युक्रेनी सुरक्षा बलले रुसका पाँचवटा विमान र एउटा हेलिकप्टर खसालिदिएको जनाएको छ ।

तर रुसको रक्षा मन्त्रालयले आफ्ना विमान र हेलिकप्टर खसालिएको दाबी अस्वीकार गरेको छ । -बीबीसी