३ कार्तिक २०८३, मंगलबार

रुसद्वारा युक्रेनमाथि पूर्णस्तरको शैन्य कारवाही सुरु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ फागुन । रुसले युक्रेनमाथि पूर्णस्तरको शैन्य कारवाहीको घोषणा गरेको छ ।

राष्ट्रपति भ्लादिमिर पुटीनले बिहीबार युक्रेन डनबस क्षेत्रमाथि शैन्य कारवाही सुरु गरिएको घोषणा गरेका हुन् ।

यससँगै युक्रेन तनावग्रस्त बनेको छ । त्यस क्षेत्रका स्थानीयबासीहरु त्रासका कारण शहर छोड्न थालेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यसैबीच युक्रेनले ५ वटा रुसी जहाज खसालिदिएको जनाएको छ । यसैगरी, युक्रेनी प्रहरीले रुसले गराएको बम विस्फोटमा परी ७ जनाको मृत्यु भएको दावी गरेको छ भने १९ जना हराइरहेका जनाएको छ ।

युद्धको घोषणासँगै युक्रेनमा बिहीबारदेखि आगामी एक महिनाको लागि संकटकालको अवस्था सिर्जना भएको छ । आक्रमण सुरु भएपछि युरोपमा शक्तिशाली राष्ट्रहरुले छलफल अघि बढाएका छन् ।