४ कार्तिक २०८३, बुधबार

अब यस्तो बन्दैछ रत्नपार्क, यौनकर्मीलाई ‘नो इन्ट्री’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ratrna-parkकाठमाडौँ, ६ वैशाख । यात्रुको भीडभाड, खुद्रा पसल र सवारी आवागमनको अस्तव्यस्तताबाट गुज्रिरहेको रत्नपार्कले स्वरुप फेर्ने भएको छ ।

राजधानीको मुटुमा रहेको रत्नपार्क बटुवाका लागि बिसौनी पनि हो । त्यहाँभित्रको सुन्दर बगैँचा, आश्रयस्थल, पोखरी र रुख बिरुवालाई उचित संरक्षण तथा सदुपयोग गर्न यतिबेला काठमाडौँ महानगरपालिका अग्रसर भएको छ ।

विसं २०७१ वैशाख १ गतेदेखि बन्द हुँदै आएको रत्नपार्क वैशाख अन्तिम सातादेखि नयाँ स्वरुपका साथ सञ्चालनमा आउने महानगरपालिकाले जनाएको छ ।

भौतिक पुनःसंरचनासँगै थप व्यवस्थित गर्ने उद्देश्यले बन्द गरिएको रत्नपार्कको सम्पूर्ण निर्माणको काम अन्तिम चरणमा पुगेको महानगरपालिका वातावरण व्यवस्था विभागका विभागीय प्रमुख ज्ञानेन्द्र कार्कीले जानकारी दिनुभयो ।

“निर्माणको लगभग सम्पूर्ण कार्य सकिएको छ, अब दुबो लगाउन, बिसौनीमा रङ लगाउन र पार्क प्रवेश वरिपरिको मात्र निर्माण कार्य बाँकी रहेको छ”, उहाँले भन्नुभयो ।

रत्नपार्कलाई थप व्यवस्थित बनाउँन सर्वसाधारणका लागि रु २५, विद्यार्थीका लागि रु १५ र अपाङ्ग र ज्येष्ठ नागरिकका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । त्यसैगरी सो स्थानमा प्रवेश गर्ने सर्वसाधारणले कुनै पनि खाद्यान्नका सामग्री, प्लास्टिकका झोला र पानीका बोतललगातयका सामग्री लान नपाउने महानगरपालिकाको भनाइ छ ।

पुनःसंरचनाका लागि महानगरपालिकाले रु ७५ लाख बजेट छुट्याएको थियो । पार्कभित्र दुईवटा भोजनगृह खोलिने छ । पार्क बिहान ८ देखि बेलुका ६ बजेसम्म सञ्चालन गरिनेछ ।

ratnaparkत्यसैगरी दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को अठारौँ शिखर सम्मेलन सकिएपछि बन्द हुँदै आएको राष्ट्रिय सभागृह पुनःसञ्चालनका लागि निर्देशक समिति गठन गर्ने तयारी भइरहेको महानगरपालिका वातावरण व्यवस्था विभाग महाशाखा प्रमुख हरि कुँवरले जानकारी दिनुभयो । (सार्क)को समयमा पुनःसंरचना गरिएको सो सभागृहलाई अहिले महानगरपालिकाले संरक्षण गर्दै आएको छ । खुला मञ्चलाई थप व्यवस्थित गर्नका लागि सो क्षेत्रमा दुबो रोप्ने कार्य भइरहेको महाशाखा प्रमुख कँुवरको भनाइ छ ।

त्यसैगरी महानगरपालिकाले सार्वजनिक स्थानमा जथाभावी फोहर फाल्ने विभिन्न सङ्घसंस्था तथा व्यक्तिलाई जरिवाना गरी रु १५ लाख १५ हजार ९०० सङ्कलन गरेको छ ।

ratrna-park-1महानगरपालिकाले सार्वजनिक स्थलमा फोहर फाल्ने, विज्ञापन तथा प्रचार सामग्री टाँसेर सहरी सौन्दर्य कुरुप पार्ने, सानातिना किराना पसल, खाजा घर, सवारीसाधन खरिद बिक्री गर्ने सङ्घ संस्थाबाट चालु आर्थिक वर्ष चैत मसान्तसम्म उक्त रकम सङ्कलन गरिएको कुँवरले जानकारी दिनुभयो । अहिलेसम्म करिब ८५५ जनालाई कारबाही गरिएको छ ।

महानगरपालिकाले ‘हरियाली काठमाडाँै’ अभियानलाई जारी राख्ने उद्देश्यले सार्कको समयमा रोपिएका बोट बिरुवा भाँच्ने र गमला फुटाउने २५ जनालाई समेत कारबाही गरेको छ । सार्कको समयमा उपत्यकामा रोपिएका बोट बिरुवा भाँचिएका स्थान र अपुग भएका स्थानमा थप बोट बिरुवा रोपेर हराभरा बनाउने योजना रहेको महानगरपालिकाले जनाएको छ ।

सहरी क्षेत्रमा करेसाबारी नहुने भए पनि ताजा तरकारीका लागि आगामी दिनमा वातावरण व्यवस्था विभागले विशेष गरी काठमाडौँ उपत्यकाभित्र कौसी खेती (सहरी कृषि) सञ्चालन गर्नका लागि जनचेतनामूलक कार्यक्रम गर्ने भएको छ । हाल काठमाडौँ उपत्यकाको सितापाइला, बालाजु, लगनखेल, जावलाखेललगायतका स्थानमा यस प्रविधिको खेती सञ्चालन हुँदै आएको छ ।

यस कार्यक्रमसँगै सार्वजनिक शौचालय पनि थपिने भएको छ । उपत्यकामा अहिले ४० वटामात्र सार्वजनिक शौचालय रहेको छ । अब २५ स्थानमा १२० वटा नयाँ सार्वजनिक शौचालय थपिने योजना रहेको महानगरपालिकाले जनाएको छ । रासस