१६ कार्तिक २०८३, सोमबार

सुनको मूल्य एकैदिन दुई हजार ५०० ले बढ्यो

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ व.फागुन । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य एकैदिन प्रतितोला रु दुई हजार ५०० ले बढेर रु ९९ हजार तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९६ हजार ५०० मा कारोबार भएको थियोे ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार ५०० तोकिएको छ । जसको मूल्य बुधबार प्रतितोला रु ९६ हजार थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ३५ ले बढेर रु एक हजार ३१५ पुगेको महासङ्घले जनाएको छ ।