
रसिया, १२ फागुन । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनको डोनबास क्षेत्रमा सैन्य कारबाहीको घोषणा गरेका छन् ।
घोषणासँगै डोनेट्स्क क्षेत्रमा ठूलो विस्फोटको आवाज समेत सुनिएको समाचार एजेन्सीहरूले जनाएका छन् । विस्फोटको थप विवरण आउन बाँकी छ ।
रुस–युक्रेन तनावबारे छलफल गर्न संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्को आपत्कालीन बैठक बसिरहेकै बेला रुसी राष्ट्रपति पुटिनले टेलिभिजन सम्बोधनमार्फत पछिल्लो घोषणा गरेका हुन् ।
यसअघि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वार्ताका लागि आफूले गरेको पहलबारे रुसी राष्ट्रपति पुटिनले कुनै जवाफ नदिएको प्रतिक्रिया दिएका थिए ।















प्रतिक्रिया