४ कार्तिक २०८३, बुधबार

नेपाल विद्यार्थी संघको जन्मोत्सवमा कञ्चनपुरमा २० जनाले रक्तदान गरे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-student-union-congress

महेन्द्रनगर, ६ वैशाख । नेपाल विद्यार्थी संघको ४५ औं जन्मोत्सवको अवसरमा आज कञ्चनपुरमा विद्यार्थीहरुले रक्तदान गरेका छन ।

नेपाल विद्यार्थी संघ कञ्चनपुरले आज बिहान पार्टी कार्यालयमा आयोजना गरेको रक्तादान कार्यक्रममा कांग्रेस नेतादेखि विद्यार्थीसम्म गरी २० जनाले रक्तदान गरेको नेपाल विद्यार्थी संघ कञ्चनपुरका अध्यक्ष गंगा भट्टले जानकारी दिनुभयो ।

रक्तदान गर्नेहरुमा कांग्रेस जिल्ला स्तरीय नेता गोपाल गुरुङ्ग र विभिन्न क्याम्पस इकाइ कमिटिका विद्यार्थी प्रमुख तथा सदस्यहरुले रक्तदान गरेको अध्यक्ष भट्टले बताउनुभयो ।

नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य विष्णु जोशी, निर्वतमान जिल्ला अध्यक्ष तर्फराज भट्ट र विद्यार्थी नेता आशिष खत्री लगायतको सहभागिता रहेको कार्यक्रममा जिल्ला अध्यक्ष भट्टले रक्तदान गरेको कार्यक्रमको समापन गरेका थिए ।