
काठमाडौँ, १० फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफलका लागि बालुवाटारमा छन् ।
केही समयअघि बालुवाटार पुगेका ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडल र उपमहासचिव विष्णु रिमाल बालुवाटार पनि रहेको बताइएको छ ।
उनीहरुबीच एमसीसीलगायत विषयमा छलफल भइरहेको बताइएको छ ।
गठबन्धन दलका पार्टीहरुले साथ नदिने भएपछि प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी एमालेको साथ खोजेका छन् । यही क्रममा आज पनि भेटवार्ता भएको हो ।















प्रतिक्रिया