१ कार्तिक २०८३, आइतबार

नेपालको टी–२० विश्वकपमा पुग्ने लक्ष्य अधुरै

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० फागुन । नेपाल टी–२० विश्वकपमा पुग्न असफल भएको छ ।

मंगलबार भएको छनोटको फाइनल खेलमा नेपाल युएईसँग ६८ रनले पराजित भएको हो ।

नेपालले ८ वर्षपछि पाएको अवसर गुमाएको हो ।

ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा युएईविरुद्ध नेपालले बलिङ र ब्याटिङ दुवैमा कमजोर प्रदर्शन रह्यो । युएईविरुद्ध १७६ रनको लक्ष्य पछ्याएको नेपालले १८.४ ओभरमा सबै विकेट गुमाएर १०७ रनमात्र बनाउन सक्यो ।