४ कार्तिक २०८३, बुधबार

नीलगाई मार्न गएका एक जना हतियारसहित पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ARRESTकपिलवस्तु, ६ वैशाख । गएराति कपिलवस्तुको अजिगरा गाविस वडा नं ४ बाट एक जनालाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेका अजिगरा गाविस–७ बस्ने ३९ वर्षीय अफजल हुसेन रहेको प्रहरीले जनाएको छ । रातिको समयमा नीलगाईको सिकार खेल्न गएका बेला इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक नवराज भट्टको कमाण्डको प्रहरी टोलीले उनलाई हतियारसहित पक्राउ गरेको हो ।

पक्राउ परेका हुसेनबाट १२ बोरको हतियार एक थान र एक थान फायर भएको खाली खोका बरामद भएको प्रहरीले जनाएको छ । हुसेनले दुई राउन्ड गोली नीलगाईलाई प्रहार गरेकामा गोली नलागेपछि नीलगाई भागेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका हुसेनले आफ्नो ठूलो बुबा अजिगरा–७ बस्ने मकबुल अहमदको नाममा रहेको हतियार नीलगाई मार्न प्रयोग गरेको र मारेर ल्याएको मासु आधा–आधा बाँड्ने सर्तमा ल्याएको बताएका छन् । हतियार मालिक मकबुल अहमद फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । रासस