१ कार्तिक २०८३, आइतबार

नेपाल–पाकिस्तान फ्रेन्डशीप क्रिकेटको तयारी

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० फागुन । नेपाल–पाकिस्तान फ्रेन्डशीप टी–२० क्रिकेट प्रतियोगिता २०२२ को सातौँ संस्करणको ट्रफी सोमबार सार्वजनिक गरिएको छ ।

पाकिस्तानी दूतावासको आयोजनामा हुने प्रतियोगिताको ट्रफी सार्वजनिक कार्यक्रममा सहभागी १२ वटा टीमको ड्र पनि गरिएको थियो । नेपाल–पाकिस्तान फ्रेन्डशीप टी–२० बर्सेनि हुँदै आएको छ ।

यो वर्ष अङ्ग्रेजी महिनाको मार्च २ तारिखदेखि प्रतियोगिता शुरू हुने भएको छ । नेपालका लागि पाकिस्तानका राजदूत सइद हैदर शाहले यस प्रतियोगिताको लोकप्रियता नेपाली युवामाझ बढ्दै गएकोमा खुशी व्यक्त गरेका छन् ।