
काठमाडौँ, ९ फागुन । उच्च अदालत पाटनले होटल आनन्द प्रालिले दायर गरेको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।
पशुपति धर्मशाला सञ्चालनमा कुनै अवरोध नपुर्याउन आदेश माग गर्दै आनन्द प्रालिद्वारा दिएको रिटमा अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
यसअघि अदालतले धर्मशाला सञ्चालनमा अवरोध नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । तर सोमबार न्यायाधीशद्वय हरिप्रसाद भण्डारी र महेन्द्रनाथ उपाध्यायको इजलासले उक्त आदेशलाई खारेज गरिदिएको हो ।












प्रतिक्रिया